बाजुराबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
▸ यस स्टोरीको अंश: बाजुराबाट हुम्लाकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार
बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। छ दिनदेखि सुत्केरी व्यथा लागेकी १९ वर्षीया ललिता नेपालीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ। दुर्गम क्षेत्रमा रहेका जटिल अवस्थाका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›