लुम्बिनी प्रदेशसभाः ‘पूर्वाधार विस्तारले सङ्घीयताको औचित्य पुष्टि भएको छ’
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अघिल्ला सरकारले अघि सारेका विकास कार्यक्रमलाई बीचमै नछोडी निरन्तरता दिनु वर्तमान सरकारको दायित्व भएको बताउनुभएको छ । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा लुम्बिनी प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु नौ खर्ब ३६ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रदेश स्थापना भएदेखि हालसम्म रु तीन खर्ब तीन अर्ब ८४ करोड बजेट विनियोजन गरिएको र त्यसमध्ये रु दुई खर्ब चार अर्ब ८९ करोड खर्च भएको उहाँले बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित