२३ दिनपछि रूबी खानको आमरण अनशन अन्त्य, सरकारसँग पाँचबुँदे सहमति
▸ यस स्टोरीको अंश: रूबी खानको २३ दिने अनशन २ करोड ५८ लाख बिगो तोकिएका फरार प्रतिवादी पक्राउ
बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि आमरण अनशनमा बसेकी अधिकारकर्मी रूबी खानले बुधबार सरकारसँग पाँचबुँदे सहमति गर्दै अनशन तोडेकी छन्। नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल)मा अनशनरत खानलाई प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाएकी हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›