उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार

यस स्टोरीको अंश: गम्भीर बिरामी सुत्केरीको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पुर्‍याइयो
nagariknews.nagariknetwork.com · 2 दिन अघि

उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । धार्चे गाउँपालिका–२ केरौँजाकी सुत्केरी विमला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूतिगृह पुर्‍याइएको छ । चौबीस वर्षकी विकलाई सुत्केरी हुँदाको गम्भीर बिरामी (इक्लामसिया) भएकाले उद्धार गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू