बाल अधिकार परिषद् खारेज गर्ने निर्णय फिर्ता लिन इन्दिरा राना मगरको माग
▸ यस स्टोरीको अंश: इन्दिरा रानामगरले बाल अधिकार परिषद् खारेज गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरिन्
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त निर्णय अघिल्लो सरकारले गरेको भन्ने जानकारी आएको उल्लेख गर्दै त्यसबारे पुनर्विचार आवश्यक रहेको बताइन्। बालबालिकाको हक, हित र संरक्षणजस्तो संवेदनशील विषयमा स्पष्ट वैकल्पिक संरचना नै तयार नगरी परिषद् खारेज गरिएको भन्दै उनले असन्तुष्टि जनाइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित