सगरमाथा आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीको एक तह बढुवा
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला हिमाल आरोहीलाई एक तह बढुवा गरिनेविश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गरेका सशस्त्र प्रहरी बलका दुई महिला कर्मचारीको एक तह बढुवा हुने भएको छ। सगरमाथा र लोत्से दुवै हिमाल आरोहण गरेकी सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पाको तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई हालको दर्जाको न्यूनतम सेवा अवधि पुगेपछि हबल्दारमा बढुवा गरिने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले हिमाल आरोहीद्वयलाई बधाई दिँदै उक्त घोषणा गरेसँगै आवश्यक प्रक्रिया सुरु भइसकेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›