मिनी बस र फोर्स गाडी ठोक्किँदा १२ जना घाइते
▸ यस स्टोरीको अंश: कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ९ चम्पापुरमा मिनी बस र फोर्स गाडी ठोक्किँदा १२ जना घाइते भएका छन्। शुक्रबार बिहान प्युठानबाट बुटवल तर्फ जाँदै गरेको बा ५ ख ७७०१ नम्बरको फोर्स गाडी र चन्द्रौटाबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ५५८८ नम्बरको मिनी बस ठोक्किएको हो। मिनी बसमा १६ र फार्समा १४ जना यात्रु सवार थिए। दुर्घटनामा शितगंगा नगरपालिका १३ की २२ बर्सिया शोभा विक गम्भीर घाइते भएकी छिन्। उनलाई उपचारका लागि बुटवल पठाइएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले बताए। रुपन्देही देवदहका २३ वर्षीय सागर सुनार, सैनामैना नगरपालिका ४ का ६० वर्षीय लाल बहादुर घर्ती, झिमरुक नगरपालिकाकी सिता बस्नेत १० वर्षीय अपर्ण बस्नेत, धुरकोट गाउँपालिकाका ७४ वर्षीय रुकमान घिमिरे, प्युठानकी की मिना जिसि, बिकेक जिसि, अर्घाखाँचीकी सूजना न्यौपाने, रिसभ न्यौपाने, बुद्धभुमी नगरपालिका गोरुसिंगेका तारा पोख्रेल, झिमरुक नगरपालिकाका छबी कुवर घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको ढकालले बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›