काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, ३८ जना घाइते
▸ यस स्टोरीको अंश: कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते
काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकमा मंगलबार बिहान दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, १९ जनाको मध्यम र १७ जनाको अवस्था सामान्य छ । दुर्घटनामा गम्भीर घाइते हुनेमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›