दाङमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी
▸ यस स्टोरीको अंश: सडक डिभिजन कार्यालय दाङद्वारा राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना
सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ। सार्वजनिक सडक ऐन २०३१ को बर्खिलाप हुने गरी बनाइएका घरटहरा र पर्खाल हटाउन सूचनामा उल्लेख गरिएको छ। सूचनालाई बेवास्ता गरे कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने र संरचना भत्काउँदा लाग्ने खर्चसम्बन्धी व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित