पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

यस स्टोरीको अंश: पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना १५ दिनभित्र हटाउन नगर विकास समितिको निर्देशन
baahrakhari.com · 3 दिन अघि

पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबललगायत संरचना हटाई पोखरा बसपार्क निर्माणको प्रक्रियामा सहजीकरण गर्न व्यवसायीहरूलाई सूचित गरेको हो । तोकिएको अवधिभित्र संरचना नहटाए समिति आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल उपर गरिने शनिबार जारी सूचनामा उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू