गरिबी निवारण गर्ने नाममा गरिबलाई विस्थापित गर्नु सरकारको कमजोरी: गगन थापा

यस स्टोरीको अंश: गगन थापा भन्छन्: गरिबी निवारणको नाममा गरिबलाई विस्थापित गर्नु सरकारको कमजोरी
www.makalukhabar.com · 1 दिन अघि

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले गरिबी र गरिबबीचको आधारभूत भिन्नता बुझ्न नसक्दा समस्या उत्पन्न भएको बताएका छन् । उनले सरकारको हस्तक्षेप गरिबी निवारणतर्फ केन्द्रित हुनुपर्नेमा गरिबलाई नै हटाउनेतर्फ मोडिएको भन्दै आलोचना गरेका हुन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले सुकुम्वासी र भूमिहीन नागरिकका समस्यालाई मानवीय दृष्टिले सम्बोधन गर्नुपर्नेमा जोड दिए । सफाइका नाममा मानिसलाई उठिबास लगाउनु गलत भएको उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू