पृथ्वी राजमार्गमा ३ सवारी ठोक्किँए, घाइतेको कहाँ कहाँ हुँदैछ उपचार ?

यस स्टोरीको अंश: ट्राफिक प्रहरीद्वारा एक सातामा १३ हजारभन्दा बढी चालक कारबाहीमा, एक करोड १८ लाख राजस्व सङ्कलन
nepalipen.com · 2 हप्ता अघि

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनी मा गएराति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्। काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ट्रकलाई काठमाडौँबाट बागलुङतर्फ जाँदै गरेको बसले ठक्कर दिएको र त्यसपछि काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको अर्को बसले अगाडिको बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो। घाइतेमध्ये ३ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी ३४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू