बैंकहरुको खराब कर्जा व्यवस्थापन गर्न कम्पनी स्थापना गरिने
▸ यस स्टोरीको अंश: सरकारले पुस मसान्तभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा
सरकारले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले पुस मसान्तभित्र विशेष कानुनी अधिकारसहित उक्त कम्पनी स्थापना गरिने बताएका हुन् । बैंक तथा वित्तीय संस्थामा देखिएको खराब कर्जा र गैर–बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न छुट्टै संरचना आवश्यक भएकाले सरकार उक्त कदम अघि बढाउन लागेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित