व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागु गर्दै पियर टू पियर लेनदेन सञ्चालन गरिने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
सरकारले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पियर टू पियर लेनदेनलाई नियमनसहित सञ्चालन गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेस गर्दै कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्ने जनाएका छन्। बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म स्थापना गर्ने जनाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित