लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची रहेको छ । बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोखबहादुर महराले विशेष सम्बोधन गर्नेछन् । त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित