प्रधानमन्त्री बालेनको प्रमोसनपछि डीडीसीको चीज बिक्री ह्वात्तै बढ्यो, दैनिक कारोबार ४ लाख पुग्यो
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले याक चिजको प्रचार गरेपछि डीडीसी उत्पादनको बिक्री बढ्यो
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा डीडीसीको चीज खाँदै गरेको तस्वीर सार्वजनिक गरेपछि दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको बजार माग उल्लेख्य रूपमा बढेको छ । जेठ २ गते शनिबार प्रधानमन्त्री शाहले फेसबुकमा डीडीसीको चीजसँगको तस्वीर पोस्ट गर्दै “से चीज, डीडीसीको चीज” लेखेका थिए । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको उक्त पोस्टपछि बजारमा डीडीसीका उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्न थालेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›