महानिरीक्षक कार्कीले सार्वजनिक गरे रणनीतिक योजना, प्रहरीभित्र बृहत रुपान्तरण ल्याइने
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीद्वारा नागरिक केन्द्रित र प्रविधिमैत्री तीनवर्षे रणनीतिक योजना सार्वजनिक
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीलाई आधुनिक, प्रविधिमैत्री, व्यवसायिक तथा जनमुखी संगठनका रुपमा विकास गर्न ‘नेपाल प्रहरी रणनीतिक योजना २०८३–०८५’ तयार गरिएको बताएका छन् । काठमाडौंमा आयोजित नेपाली प्रहरी रणनीतिक योजना (२०८३–०८५) सार्वजनिकीकरण, नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणाली शुभारम्भ तथा प्रहरी वरिष्ठ नायब निरीक्षक श्रीहरि केसीको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले रणनीतिक योजना केवल परिवर्तन नभई ‘रुपान्तरण’ लक्षित रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित