विपक्षी दलको विरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठक विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित
lokaantar.com · 17 घण्टा अघि

विपक्षी दलहरूको विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए । आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने बित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए । विपक्षी बेन्चमा रहेका सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्दै सभामुख अर्यालले बैठकको कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । 'सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहुन्छ,' उनले भने ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू