तेज’ ब्रान्डको तोरी तेल बिक्री वितरण नगर्न र बजारबाट फिर्ता गर्न विभागको आदेश

यस स्टोरीको अंश: खाद्य विभागद्वारा गुणस्तरहीन ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न निर्देशन
www.canadanepal.com · 2 दिन अघि

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डअनुसार नभेटिएको ‘तेज’ ब्रान्डको तोरी तेल तत्काल बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको छ । विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त तेल न्यूनस्तरको पाइएको जनाएको हो । विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गरिएको नमुनाको विश्लेषण गर्दा नेपाल सरकारले तोकेको मापदण्ड पूरा नभेटिएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू