डाबर नेपालको मह अखाद्य, बजारबाट फिर्ता लिन निर्देशन
▸ यस स्टोरीको अंश: डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
डाबर नेपालले उत्पादन गरेको मह अखाद्य भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा ‘डाबर हनी’ गुणस्तरहीन पाइएको हो । विभागले सूचना जारी गर्दै बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको डाबर नेपाल प्रालिबाट उत्पादन गरेको मह खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम न्यूनस्तरको पाइएको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›