नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढ्यो

shilapatra.com · 13 घण्टा अघि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २१ अङ्कले उकालो लागेर ४७५ दशमलव ५१ मा पुगेको छ । कूल ३५४ कम्पनीको एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर रु छ अर्ब तीन करोड ६४ हजार ८४० मूल्यमा खरिद बिक्री भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू