बैतडीका किसान मकै छर्न व्यस्त
▸ यस स्टोरीको अंश: मुगुमा आधुनिक कृषि यन्त्रको माग बढ्यो, बजेट अभावले धान्न मुस्किल
बैतडीसहित सुदूरपश्चिमका पहाडी गाउँबस्ती यतिबेला मकै रोपाइँको चटारोले व्यस्त बनेका छन् । एक साताअघि परेको वर्षाको ओस सुक्न थालेसँगै किसानहरू खेतबारीमा व्यस्त देखिन थालेका हुन् । बैतडीमा मकैलाई प्रमुख खाद्यान्न बालीका रूपमा लिइन्छ र यससँगै भटमास, मास, वर्षे तरकारी तथा फलफूल रोप्ने काममा पनि किसान व्यस्त छन् । समयमै पानी नपरे मकै उम्रन समस्या हुने चिन्ता किसानमा छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›