भोजपुरमा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई गाउँपालिकाले दियो ल्यापटप
▸ यस स्टोरीको अंश: रामप्रसादराई गाउँपालिकाले एसइई उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान गर्यो
भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ। गाउँपालिकाले छात्रछात्राहरूलाई पठनपाठनमा थप ऊर्जा थप्न र आधुनिक सूचना प्रविधिसँग जोड्ने उद्देश्यका साथ एक विशेष कार्यक्रमका बीच ल्यापटप हस्तान्तरण गरेको हो। यस वर्षको एसइई परीक्षामा साधारणधारतर्फ उत्कृष्ट नतिजा हासिल गर्न सफल छात्रा प्रिया राई र छात्र प्रविन तामाङलाई प्रोत्साहनस्वरुप ल्यापटप प्रदान गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›