सहकारीको पैसा सहकारीकै सम्पत्ति र ऋण असुलीबाट फिर्ता, चक्रिय कोष बन्न बाँकी
▸ यस स्टोरीको अंश: सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गरिरहेको स्पष्ट पारेको छ
सरकारले समस्याग्रस्त सहकारीका पीडित बचतकर्ताहरूलाई राज्यकोषको पैसा नभई सम्बन्धित सहकारीकै ऋणीहरूबाट उठाइएको रकम फिर्ता गरिरहेको स्पष्ट पारेको छ । हालसम्म समस्याग्रस्त घोषित भएका २० वटा सहकारीका १० हजार रुपैयाँभन्दा कम बचत मागदाबी गरेका साना बचतकर्ताहरूको रकम चरणबद्ध रूपमा फिर्ता गर्ने कार्य भइरहेको छ । बचतकर्ताको रकम फिर्तालाई थप व्यवस्थित बनाउन ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रिय कोष स्थापना तथा संचालन सम्बन्धि कार्यविधि, २०८३’ जारी भए पनि कोष भने स्थापना भइसकेको छैन ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›