शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

यस स्टोरीको अंश: शिक्षकलाई सूचना प्रविधि तालिम, अस्थायी शिक्षकको स्थायी समाधानको माग
www.canadanepal.com · 3 दिन अघि

कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी पाँच दिवसीय तालिम दिइएको छ । तालिममा गाउँपालिकाअन्तर्गत आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकहरूको सहभागिता थियो । तालिममा पावरप्वाइन्ट, एक्सेल, एआई, माइक्रोसफ्ट वर्ड, गुगल एप्लिकेसनहरू, इमेल, इन्टरनेट, महत्त्वपूर्ण शैक्षिक वेबसाइटहरूबारे सहजीकरण गरिएको थियो । शिक्षकहरूलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनका लागि तालिम दिइएको गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू