सहकारी बैंकको सञ्चालकः छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने
▸ यस स्टोरीको अंश: बागमती प्रदेशस्तरीय स्टार्टअप सम्मेलन सम्पन्न, युवा उद्यमी विकासमा जोड
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । बागमती प्रदेशबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका लागि भने यही जेठ ९ गते निर्वाचन हुने कार्यक्रम तय भएको हो । बागमती प्रदेशको सञ्चालकका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दलसहित तीन दलले साझा उम्मेदवार डा परितोष पौडेललाई घोषणा गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›