नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने पूर्वनिर्धारित प्रक्रिया पछि धकेलियो
▸ यस स्टोरीको अंश: नेपालले विकासशील मुलुकमा स्तरोन्नति स्थगन गर्न राष्ट्रसंघलाई अनुरोध गर्यो
परराष्ट्र मन्त्रालयले अति कम विकसित राष्ट्र (एलडिसी) बाट विकासशील मुलुकमा हुने निर्धारित स्तरउन्नतिलाई तत्कालका लागि स्थगन गर्न औपचारिक प्रक्रिया अघि बढाएको जनाएको छ । नेपालले आगामी २४ नोभेम्बर २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने पूर्वनिर्धारित प्रक्रिया हालका आर्थिक तथा भूराजनीतिक परिस्थितिका कारण पछि सार्न पहल गरिएको हो । स्तरोन्नति स्थगनका लागि क्षेत्रीय द्वन्द्व, विश्वव्यापी आपूर्ति श्रृंखलामा परेको असर तथा रेमिट्यान्समा आएको प्रभाव जस्ता पाँच प्रमुख कारण प्रस्तुत गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित