मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन
▸ यस स्टोरीको अंश: मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु
मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा औषधीय गुण भएको बहुमूल्य जटीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकमा यार्सा सङ्कलन भइरहेको छ । सङ्कलनका लागि स्थानीय र जिल्ला बाहिरका मानिसले सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिले तोकेको शुल्क तिरेर अनुमतिपत्र लिई उच्च लेक र पाटनतर्फ प्रस्थान गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›