Makalu Khabar : makalukhabar.com News Polar रिपोर्टर्स नेपाल ईमाउण्टेन  समाचार
5 स्रोत · 5 समाचार
सुरु 15 घण्टा अघि · अपडेट 11 घण्टा अघि

मुस्ताङका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु

Photo · www.makalukhabar.com

मुस्ताङ जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा औषधीय गुण भएको बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकहरूमा धमाधम यार्सा सङ्कलन भइरहेको छ ।

  • समुद्री सतहको चार हजार मिटरभन्दा बढी उचाइमा पाइने यार्सा सङ्कलनका लागि स्थानीय र जिल्ला बाहिरका मानिसले सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी) बाट शुल्क तिरेर अनुमतिपत्र लिएका छन् ।
  • थासाङ गाउँपालिकाको कुञ्जो, कोवाङ, टुकुचेलगायतका संरक्षण व्यवस्थापन समितिले वैशाख २ गतेदेखि यार्सा सङ्कलन फुकुवा गरेका हुन् ।
  • घरपझोङ गाउँपालिकास्थित जोमसोम संरक्षण व्यवस्थापन समितिले वैशाख २५ गतेदेखि छत्रबाङ लेकदेखि कुङ्ले लेकसम्मको क्षेत्रमा यार्सा सङ्कलन फुकुवा गरेको छ ।
  • जोमसोम समितिले स्थानीयलाई चार हजार र स्थानीयको घर खेत अधिया कमाएर बसेका व्यक्तिहरूलाई छ हजार शुल्क लिई यार्सा सङ्कलन गर्न अनुमतिपत्र दिने गरेको छ ।
  • हालसम्म जोमसोम समितिअन्तर्गत ६५ जनाले अनुमति लिएका छन् ।
शेयर ↗
सम्बन्धित
हिमालमा बढ्दो फोहोर र आरोहण नियमनको विषयले संसदमा प्रवेश हिमालमा बढ्दो फोहोर र आरोहण नियमनको विषयले संसदमा प्रवेश

प्रतिनिधिसभा सदस्य सुशील खड्काले पर्यटन विधेयक २०८१ माथि बोल्दै नेपालको हिमाली क्षेत्रमा बढ्दो मानव गतिविधिबाट सिर्जित वातावरणीय संकट र फोहोरको विषयलाई संसदमा प्रवेश गराएका छन्। उनले हिमालहरूलाई केवल व्यावसायिक पर्यटनको रूपमा नभई राष्ट्रिय सुरक्षा, वातावरणीय असर र सांस्कृतिक पहिचानसँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याए। विदेशी सञ्चारमाध्यमले सगरमाथालाई "विश्वकै अग्लो फोहोरको थुप्रो" को संज्ञा दिन थालेको उनले बताए।

3 समाचार · 7 घण्टा अघि
दार्चुलामा यार्चागुम्बा संकलनका लागि १३८ जनाले लिए अनुमतिपत्र दार्चुलामा यार्चागुम्बा संकलनका लागि १३८ जनाले लिए अनुमतिपत्र

दार्चुलाको हिमाली क्षेत्रमा बहुमूल्य यार्चागुम्बा संकलनका लागि हालसम्म १३८ जनाले अनुमतिपत्र लिएका छन्। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले वैशाख अन्तिम सातादेखि अनुमतिपत्र वितरण सुरु गरेको हो। हालसम्म वितरण गरिएका सबै अनुमतिपत्र संरक्षण क्षेत्रभित्रका रैथाने बासिन्दाका लागि जारी गरिएका छन्।

3 समाचार · 9 घण्टा अघि
सांसद ओलीले झापाको फोहोर आयोजनामा भ्रष्टाचार र अनियमितताको आरोप लगाइन् सांसद ओलीले झापाको फोहोर आयोजनामा भ्रष्टाचार र अनियमितताको आरोप लगाइन्

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित करोडौंको लगानीमा बनेको फोहोर व्यवस्थापन आयोजनामा व्यापक भ्रष्टाचार र चोरी भएको आरोप लगाएकी छिन्। मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले उक्त परियोजना अहिले कबाडीखानामा परिणत भएको र बायोग्याससमेत उत्पादन गर्न नसकेको दाबी गरिन्। सांसद ओलीले सम्भाव्यता अध्ययन नै नगरी परियोजना निर्माण गरिएको र यसमा ठूलो अनियमितता भएको तर्क गर्दै तत्काल छानबिनको माग गरेकी छिन्।

3 समाचार · 9 घण्टा अघि
जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा नीतिगत समन्वय आवश्यक: विज्ञ जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा नीतिगत समन्वय आवश्यक: विज्ञ

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई अलग-अलग विषयका रूपमा हेर्ने प्रवृत्तिले जोखिम बढाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड दिएका छन् । जलवायुजन्य जोखिमको सामना गर्न स्थानीय समुदायको उत्थानशीलता र ‘हानि–नोक्सानी’ (लस एन्ड ड्यामेज) कोषको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनीहरूको ठम्याइ छ । यसका लागि सरकारी निकायहरूबीच एकीकृत कार्ययोजना आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।

4 समाचार · 11 घण्टा अघि