कभा च्याम्पिनयसिपमा नेपालको खराब प्रदर्शन, अबको लक्ष्य एसियन गेम्समा छनोट
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
जारी कभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानसँग ३-० सेटले पराजित भएसँगै नेपाल फाइनलमा पुग्न असफल भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपाली टोलीले डिफेन्स, स्पाइक, ब्लक र सर्भिस कुनै पनि पक्षमा राम्रो प्रदर्शन गर्न सकेन । प्रशिक्षक जगदीश भट्टले खेलाडीको कमजोर मनोविज्ञान र इरानजस्तो बलियो टोलीविरुद्ध खेल्न नसक्नु हारको कारण बताएका छन् । नेपालले अब तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ, जसको लक्ष्य एसियन गेम्सका लागि छनोट हुनु हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›