गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड

यस स्टोरीको अंश: ओली भन्छन्, गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षण गरिनुपर्छ
nepalnews.com · 16 घण्टा अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनामार्फत राज्य सञ्चालन हुने व्यवस्था सुरु हुनु गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । सन्देशमा ओलीले गाउँगाउँमा स्थानीय सरकारको उपस्थिति, राज्यका साधनस्रोतमा नागरिक पहुँच विस्तार, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको प्रतिनिधित्व वृद्धि, नागरिक स्वतन्त्रता, खुला अभिव्यक्ति, सेवामा डिजिटल पहुँच तथा सडक–सञ्चार विस्तारलाई गणतन्त्रका उपलब्धिका रूपमा चित्रण गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू