दुल्लुका वडा सचिवलाई धम्क्याउने व्यक्तिलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
▸ यस स्टोरीको अंश: कर्मचारीलाई धम्की दिनेलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्का नाम गरेका व्यक्तिले फोनमार्फत धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा दोषी खड्कालाई तत्काल कानुनको दायरामा ल्याई कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ । सरकारले सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलका पक्षमा दृढ रहेको बताएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›