मल खरिद प्रक्रियालाई लिएर समिति सभापति र प्रबन्ध सञ्चालकबीच नोकझोक
▸ यस स्टोरीको अंश: कृषि समितिद्वारा रासायनिक मलको सहज आपूर्ति र मौज्दातबारे छलफल
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा रासायनिक मल खरिद र आपूर्तिको विषयलाई लिएर समिति सभापति अशोककुमार चौधरी र कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलबीच भनाभन भएको छ । सभापति चौधरीले खेतीको मुख्य सिजन सुरु भइसकेकाले करिब दुई लाख मेट्रिक टन मल आवश्यक रहेको बताए । प्रबन्ध सञ्चालक पोखरेलले २९ दिनभित्र मल ल्याउन सम्भव नभएको स्पष्ट पारे ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›