सभामुखलाइ साम्पाङको प्रश्न : प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने वा मलाई सदनबाट निष्कासन गर्ने ?
▸ यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार: प्रधानमन्त्रीलाई सदनमा ल्याउन वा आफूलाई निष्कासन गर्न माग
प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीलाई सदनमा जवाफदेही बनाउन माग गर्दै कडा अभिव्यक्ति दिएका छन् । सांसद साम्पाङले सभामुखलाई सम्बोधन गर्दै नियमावलीको विभिन्न व्यवस्था उल्लेख गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफ दिन लगाउनुपर्ने वा आफूलाई सदनबाट निष्कासन गर्नुपर्ने दुई विकल्पमध्ये एक रोज्न आग्रह गरेका हुन् । उनले नियमावलीको १५ (२) अनुसार प्रधानमन्त्रीलाई सदनमा बोलाउन नसकिने हो भने ३१ (१) प्रयोग गरी आफूलाई बैठकबाट निष्कासन गर्न निर्देशन दिन सभामुखसँग आग्रह गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित