आजको मौसम : केहीस्थानमा बर्षा र हिमपात, तराई तातो बढ्ने
हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बादल लाग्नेछ । कोशी, बागमती, मधेश प्रदेश, लुम्बिनी र कर्णालीर गण्डकी प्रदेशका हिमाली भू-भागमा हिमपात, पहाडी भू-भाग र तराई भू-भागका एक-दुई स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित