तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरीका ६ जनालाई काठमाडौं ल्याइयो
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका ६ प्रशिक्षार्थी गर्मीले बेहोस भएपछि काठमाडौं ल्याइयो
सशस्त्र प्रहरी बल (एपीएफ)को तालिमका क्रममा बेहोस भएका सात जना जवानमध्ये ६ जनालाई काठमाडौं ल्याइएको छ । उनीहरूलाई शुक्रबार करिब १:४५ बजे उपचारका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौं ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा शुक्रबार बिहान सात जना जवान बेहोस भएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित