संसदमा सांकेतिक भाषा : बहिरा महासंघद्वारा खुसी व्यक्त
▸ यस स्टोरीको अंश: संसद् बैठकमा सांकेतिक भाषाको दोभाषे व्यवस्था: बहिरा महासंघद्वारा स्वागतराष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा समुदायको सूचना तथा सञ्चारमा थप पहुँच एवं समावेशीकरणका लागि सम्बन्धित सबैमा आह्वान गरेको छ । महासंघले नेपालको प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरू प्रत्यक्ष प्रसारणमा नेपाली सांकेतिक भाषाको दोभाषेको व्यवस्था गरिएकोप्रति खुसी एवं गौरव व्यक्त गरेको छ । संसद् बैठकको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको दोभाषेको व्यवस्थाबाट नीति तथा कार्यक्रम, बजेट, कानुन निर्माणलगायतका संसदीय गतिविधिहरूप्रति बहिरा समुदायको पहुँच अभिवृद्धि हुने विश्वास महासंघले लिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›