सुशीला कार्की, सुधन गुरुङ र ओमप्रकाशमाथि सूक्ष्म छानबिन गर्न सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले तत्कालिन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वन्यायाधीश गौरीबहादुर कार्की तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङलगायत व्यक्तिहरूमाथि दुरुत्साहन सम्बन्धी सूक्ष्म छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ । जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शन, त्यसअघिका घटनाक्रम तथा सम्बन्धित व्यक्तिहरूले दिएका अभिव्यक्तिबाट आन्दोलनमा दुरुत्साहन भएको हुनसक्ने आशंकामा थप अनुसन्धान आवश्यक रहेको आयोगले सिफारिस गरेकाे हाे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›