आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न अर्थमन्त्री डा. वाग्ले मन्त्रिपरिषद् कार्यालय प्रस्थान
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट मन्त्रिपरिषद् बैठकबाट पारित गराउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मन्त्रिपरिषद् कार्यालय प्रस्थान गरेका छन्। अर्थ मन्त्रालयमा बजेटको अन्तिम तयारी पूरा गरेपछि उनी मन्त्रिपरिषद् बैठकमा भाग लिन मन्त्रालयबाट बाहिरिएका हुन्। संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठकबाट त्यसलाई स्वीकृत गराउनुपर्ने हुन्छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित