ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ‘स्थायी निक्षेप सुविधा’को पुनरावलोकन गरिने

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्‍यो, लचिलो कार्यदिशालाई निरन्तरता
www.onlinepana.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी र सुव्यवस्थित बनाउन ‘स्थायी निक्षेप सुविधा’को पुनरावलोकन गर्ने घोषणा गरेको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइने यस सुविधाको विद्यमान व्यवस्थामा आवश्यक परिमार्जन गर्ने योजना अघि सारेको हो। विगत तीन वर्षदेखि वित्तीय प्रणालीमा देखिएको अधिक तरलताको व्यवस्थापन र ब्याजदरमा हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न यो कदम चालिएको बैंकको भनाइ छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू