स्थिरता र नीतिगत निरन्तरतामा प्रतिबद्धता
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको प्रस्ट पार्नुभएको छ । काठमाडौँ र दिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा इयू सदस्यराष्ट्र एवं काठमाडौँस्थित विभिन्न देशका राजदूतसँग प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मङ्गलबार भएको संयुक्त भेटवार्तामा उहाँले नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । प्रधानमन्त्री शाहले सरकार राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित