मर्जर तथा एक्विजिसनको लाभांश करमा साढे ८ करोड बढी छली
▸ यस स्टोरीको अंश: महालेखा प्रतिवेदन: आर्थिक वर्ष २०८१/८२ मा ८५ अर्बभन्दा बढी राजस्व छुट, पारदर्शितामा प्रश्न
मर्जर तथा एक्विजिसन (गाभ्ने र गाभिने) प्रक्रियामा जाने संस्थाहरूले लाभांश कर छुटको कानुनी व्यवस्थालाई गलत व्याख्या गरी ८ करोड ६१ लाख ९४ हजार रुपैयाँ छली गरेको पाइएको छ । आयकर ऐन, २०५८ को दफा ४७क (५) ले मर्जरका क्रममा अस्तित्व समाप्त भएको निकायका सेयरधनीलाई मात्र गाभिएको मितिले दुई वर्षभित्र लाभांश वितरण गर्दा कर छुट दिने व्यवस्था गरेको छ । तर, ठुला करदाता कार्यालयअन्तर्गतका चारवटा ठुला करदाताले यो सुविधाको दुरुपयोग गर्दै कर छुट पाउन अयोग्य सेयरधनीहरूलाई समेत कर नकाटी लाभांश वितरण गरेको भेटिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित