अदालत प्रशासनको कार्यप्रति नेपाल बारको आपत्ति, आन्दोलनका कार्यक्रम घोषणा
▸ यस स्टोरीको अंश: नेपाल बार एसोसिएसनद्वारा सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध आन्दोलन घोषणा
नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ । बारले अदालत प्रशासनको यस्तो कार्यलाई ‘समानान्तर न्याय प्रशासन’को अभ्यास भन्दै तत्काल अन्त्य गर्न माग गरेको छ । बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा साेमबार जारी प्रेस विज्ञप्तिमा विगत केही समयदेखि सर्वोच्च अदालतमा दायर भएका संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दरपीठ गरी फर्काउने तथा त्यसविरुद्ध परेका निवेदनसमेत लामो समयसम्म दर्ता नगरेर न्यायमार्ग अवरुद्ध पारिएको उल्लेख गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›