सुकुम्वासी बस्ती हटाउने क्रममा राज्यको व्यवहार कठोर र अमानवीय देखिएको प्रदिप पौडेलको टिप्पणी
▸ यस स्टोरीको अंश: कांग्रेस महामन्त्री पौडेलद्वारा सुकुम्बासी बस्ती हटाउने कार्यमा राज्यको व्यवहारको आलोचना
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती खाली गराउने क्रममा राज्य संयन्त्रको व्यवहार कठोर र अमानवीय देखिएको टिप्पणी गरेका छन् । उनले बस्ती खाली गर्नुअघि पर्याप्त समय, वैकल्पिक व्यवस्था र सहज स्थानान्तरणको अवसर नदिई गरिएको बल प्रयोगले राज्यको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको बताए । विस्थापनका क्रममा विद्यालय जाने बालबालिका, सुत्केरी महिला तथा दीर्घरोगका बिरामीप्रति राज्यले पर्याप्त ध्यान नदिएको आरोप पनि उनले लगाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित