सरकारको शीर्ष प्राथमिकता सुशासन : अर्थमन्त्री
▸ यस स्टोरीको अंश: सरकारले सुशासनलाई शीर्ष प्राथमिकतामा राखेको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारको शीर्ष प्राथमिकता सुशासन भएको बताएका छन्। उनले सुशासन विना दिगो आर्थिक विकास सम्भव नभएको र भ्रष्टाचार, ढिलासुस्ती, विचौलियातन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्रै नबढाई नागरिकको विश्वास पनि कमजोर बनाएको बताए। इगभर्नेन्स, डिजिटल डेलिभरी, डेटा सम्मिसन, परफमेन्स कन्ट्याक जस्ता प्रबन्ध केवल प्रविधिका विषय मात्रै नभई राज्य सञ्चालनको संस्कार परिवर्तन गर्ने आधार भएको बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›