संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
▸ यस स्टोरीको अंश: सुकुम्वासी बस्ती हटाउने कार्यमा राज्य क्रूर र अमानवीय देखियो: महामन्त्री पौडेल
सभामुख डोलप्रसाद अर्यालले संसद् कानुन निर्माण गर्ने थलोमात्र नभई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको संरक्षण गर्ने प्रमुख मञ्च भएको बताएका छन्। उन्नाइसौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रलाई सुदृढ, जिम्मेवार तथा परिणाममुखी बनाउन संसद्को भूमिका प्रभावकारी बनाउन आवश्यक रहेको र यसबाटै सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी विकास प्राप्त हुने बताए। उनले यस ऐतिहासिक अवसरमा लोकतन्त्र, गणतन्त्र, मानव अधिकार, समावेशिता, सामाजिक न्याय तथा प्रगतिशील परिवर्तनका पक्षमा भएका विभिन्न आन्दोलनमा जीवनउत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित