जोखिमयुक्त क्षेत्रमा ‘रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट’ जडान
▸ यस स्टोरीको अंश: सांसद थेबेद्वारा पाथीभरा केवलकार र सडक निर्माणमा ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण
चितवनका मुख्य सडकका जोखिमयुक्त चोक तथा क्षेत्रमा सडक सुरक्षा बढाउन ‘रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट’ जडान गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर, टाँडी, पर्सा बजारलगायतका स्थानमा सम्भावित सवारी दुर्घटना न्यूनीकरणका लागि रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट जडान गरिएको हो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार भरतपुर बाइपास रोडस्थित मालपोत चोक तथा प्रहरी तालिम केन्द्र चोक र चौबिसकोठीमा स्प्रिङ पोस्ट जडान गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित