दामोदरकुण्ड दर्शनका लागि खुला
▸ यस स्टोरीको अंश: काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक यातायात सञ्चालनको योजना
हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ८९० मिटर उचाइमा रहेको दामोदरकुण्डमा हालका लागि व्यक्तिगत रूपमा खानाको व्यवस्थापन गरी यात्रा गर्न खुला गरिएको हो । वडा अध्यक्ष ज्याङ छेसा गुरुङले भक्तजन र पर्यटकको सहजताका लागि कुण्ड जाने मार्गहरूको मर्मत गरी खुला गरिएको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›