अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधि सभाको बैठक स्थगित

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिले प्रतिनिधि सभा बैठक स्थगित, सांसदहरूको विरोध
www.dcnepal.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिको माग गर्दै सांसदहरूले नियमापत्ति गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको महत्त्वपूर्ण छलफल चलिरहँदा अर्थमन्त्री सदनमा अनुपस्थित भएपछि सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका हुन्। नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री उपस्थित नभएसम्म छलफल अगाडि बढ्न नसक्ने अडान राखेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू