नेपाली ब्यान्ड नेपथ्य मलेसियामा पहिलोपटक सांगीतिक प्रस्तुति दिँदै
नेपाली लोक रक ब्यान्ड नेपथ्यले रोजगारीका लागि मलेसिया पुगेका नेपाली श्रोतामाझ पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको छ। यसअघि क्यानाडा र न्युजिल्यान्ड भ्रमण सकेर फर्किएको ब्यान्डले जुन १ (जेठ १८) मा क्वालालम्पुरको ‘जेप क्वालालम्पुर’मा कन्सर्ट गर्नेछ। मुख्य गायक अमृत गुरुङले मलेसियाबाट सामाजिक सञ्जालमार्फत जोडिएका दर्शकलाई भेट्न आतुर रहेको बताएका छन्।
5 समाचार
·
8 घण्टा अघि